शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:३७
वासिङटन डिसी 15:52

डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना

इनेप्लिज २०७८ वैशाख २ गते ११:१९ मा प्रकाशित

डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना बनाएका छन । अमेरिकामा हाल सर्वोच्च अदालतमा केवल जना मात्र न्यायाधिश हुने प्रावधान छ ।

वर्तमान अवस्थामा ९ जना मात्र भएकोले ४ जना थप न्यायाधिश बनाउने योजना उनिहरुको रहेको छ ।

म्यासचुसेट्स का सिनेटर एड मार्की र कंग्रेसम्यान (सांसद ) जेरी नाडलर ,ह्यांक जोन्सन र मोनडेयर जोन्सले गत बुधबार उक्त योजना रहेको बताए । आज बिहिबार अप्रिल १५ का दिन उक्त बिधेयक ल्याउने बारेमा पत्रकार सम्मेलन गर्ने उनीहरुले बताएका छन् ।

सांसदहरूले अमेरिकी संहिताको धारा १, भाग २८ लाई संशोधन गर्ने प्रस्ताव गर्ने छन् । रिपब्लिकनले त्यस्तो विधेयकको कडा विरोध गर्ने अपेक्षा गरिएको छ सिविएस न्युजले समाचार लेखेको छ ।

प्रतिक्रिया