बिहीबार, वैशाख २३ २०७८
काठमाडौं २३:५९
वासिङटन डिसी 14:14

अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि

इनेप्लिज २०७८ वैशाख २ गते १०:४९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ७५ हजार २ सय ६७ जना संक्रमित भएका छन ।यस्तै एकै दिनमा ९ सय ३२ जनाको मृत्यु भएको छ । गत बुधबार अप्रिल १४ का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

गत हप्ता औसतमा दैनिक ७१,५११ जना कोरोनाबाट संक्रमित भएका थिए भने गत दुई हप्तामा औसतमा ११ प्रतिसतले संक्रमित हुने संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकामा अहिले सम्म कम्तिमा १९ करोड ४७ लाख ९१ हजार ८ सय ३६ जनाले प्रथम खोप लगाई सकेको जानकारी अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले दिएको छ ।

अमेरिकामा हाल सम्म कूल ५ लाख ६३ हजार ९ सय २६ जनाको निधन भएको छ भने दुई हप्तामा १९ प्रतिसतले मृत्यु संख्या घटेको छ । हाल अमेरिकामा ४५,३०८ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या ८ प्रतिसतले वृद्धि भएको छ ।

हाल सम्म अमेरिकामा १ करोड ५६ लाख ८ हजार २ सय ९६ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिकामा २३ प्रतिसतले पूर्ण तथा ३७ प्रतिसतले कम्तिमा १ खुराक खोप लगाएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले जनाएको छ ।

अहिले बिहान बिहिबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड १४ लाख ४४ हजार ६ सय रहेको छ । अमेरिकामा बिगत १४ दिनमा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि भएको छ ।

अमेरिकामा हरेक दिन औसतमा ७१ हजार कोरोना संक्रमित भै रहेका छन् भने एक महिना अगाडी भन्दा १६ हजार ज्यादा मानिस संक्रमित भएको तथ्याँक न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ ।

प्रतिक्रिया