गजल : सन्दर्भ : २०७८ नयाँ बर्षको

शारदा क्षेत्री २०७८ वैशाख २ गते १:३७ मा प्रकाशित

लाखौ लाख शुभकामना छरेर आउ नयाँ बर्ष !!
शान्तिको दुत बनेर सबैको आशा जगाउ नयाँ बर्ष !!

कोरोना १९ को संक्रमण हटेर जावस संसार भरि !!
मानवको सुरक्षा को कबच बनेर डर हटाउ नयाँ वर्ष !!

शुभ शुभ होस् जताततै शान्ति समृद्धि छाओस्!!
भय हटाउँदै शान्ति को बिकुल बजाउ नयाँ बर्ष !!

बजाउ मठ मन्दिर मा मृदुंगा मुजुरा आशिष को !!
अब खोलेर ढोका आराधना पूजा गराउ नयाँ वर्ष !!

लाली गुराँस बनमा डाँफे मुनालको न्याउली विरह सुन !!
छरेर शीतलता नयाँ सन्देशको भाखा फिँजाउ नयाँ वर्ष !!

सबैमा आज २०७८ साल को शुभकामना शुभभाबना बाड्दै !!
उत्तरोत्तर प्रगति सु स्वास्थ्य कामना दीर्घायु छाउ नयाँ वर्ष!!

रचना -:शारदा क्षेत्री
नेपाल :-चितवन भरतपुर
हाल अमेरिका न्युयोर्क

प्रतिक्रिया