शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:१३
वासिङटन डिसी 14:28

मिनेसोटामा डन्ट राइटलाई गोली हान्ने महिला प्रहरीलाई दोश्रो दर्जाको मानवहत्याको अभियोग

इनेप्लिज २०७८ वैशाख १ गते २३:५१ मा प्रकाशित

मिनेसोटामा २० बर्षिय डन्टे राइट नामका अस्वेत यूवालाई महिला प्रहरीलाई दोश्रो दर्जाको मानवहत्याको अभियोग लगाईएको छ । उक्त युवाको निधन संयोगवश हुन गएको भने पछि प्रहरी र प्रदर्शनकारी बीच झडप र तनाव सिर्जना भै रहेको छ ।

उक्त घटना गत आइतबार दिउसो घटेको थियो भने प्रहरीले प्रदर्शनकारी उक्त युवालाई उनको सवारी साधन रोक्ने क्रममा टेजर(अर्ध बेहोस जस्तो बनाउने )हान्नु पर्नेमा गोली हाने पछि महिला प्रहरी किम पोटरलाई अभियोग चलाईएको छ ।

मिनेसोटाको उपनगर शहर ब्रुकलिन सेन्टरमा कार्यरत पोटर राइटलाई गोली चलाए पछि बिदामा बसेकी थिइन् । उनि प्रहरी बिगत २६ बर्ष देखि ब्रुकलिन सेन्टर प्रहरी विभागमा सेवा गर्दै आएकी अनुभवी प्रहरी अधिकारी हुन् ।

पोटरलाई अप्रिल १४ का बुधबारका दिन दोश्रो श्रेणीको हत्याको अभियोग चलाईएको हो भने ४८ बर्षिय पोटरलाई स्थानीय समय ११:३० मिनेटमा पक्राउ गरिएको थियो ।

उनलाई हेनेपिन काउन्टीको कारागारमा आरक्षित गरिएको छ । उनले प्रतिज्ञापत्र(बोन्ड) राखे पछि बुधबार साँझ उनलाई रिहा गरिएको छ । साथै ब्रुकलिन सेन्टर प्रहरीका प्रमुख टिम ग्यानोनले मंगलबार राजिनामा दिएका छन् ।

मृतक राइटका २ बर्षिय छोरा छन् भने उनलाई उक्त प्रहरी महिलाले रोकेकी थिइन् भनि एबिसी न्युजले समाचारमा उल्लेख गरेको छ । उनले टेजर हान्नु पर्नेमा गोली आकस्मिक चले पछि उनको निधन भएको हो ।

प्रतिक्रिया