शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:३७
वासिङटन डिसी 15:52

भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध

इनेप्लिज २०७८ वैशाख २ गते ०:०७ मा प्रकाशित

भर्जिनीयाबासी आदरणीय दाजुभाई तथा दिदिबहिनीहरू,

विभिन्न संघ-संस्थाका अध्यक्ष एवं प्रतिनिधि ज्युहरु र पत्रकार मित्रहरू ।

हाम्रो NRN लाई कसरी अझै राम्रो, बलियो र गतिशिल बनाउने भन्ने सन्दर्भ चुनावका बेला मात्रै गरिने बहस र छलफलको बिषय होईन। हामीले यो शैलीलाई बदल्न सक्नु परेको छ। यध्यपी यसपाली पनि अमेरिकी नेपाली डायस्पोरामा NRNA को चुनावी सरगर्मी बढेपछी मात्रै हामी यो बहस शुरु गर्न गैरहेका छौं।

NRNA NCC र ICCका विभिन्न पदहरुमा उमेदवारी दिनुभएका अमेरिका भरका विभिन्न मित्रहरु यसपाली भर्जिनियामा आफ्ना विचारहरु राख्न आउने क्रम शुरु भईसकेको छ। हामी भर्जिनियावासीहरु सबैका विचारहरु सुन्न र आफ्ना मत र विचारहरु राख्न सबैलाई बरोबरी अवसर उपलब्ध गराउन प्रतिबद्द छौं।

यसै मेसोमा यही शनिवार साँझ गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद,अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि अध्यक्ष पदका उमेदवारी घोषणा गर्नु भएका कृष्ण लामिछाने, बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थ,महासचिव पदको उम्मेदवार बिनोद भट्ट,सचिव रमेश भट्ट बोर्ड अफ डाइरेक्टर,महिला कोर्डीनेटर सुनिता खत्री लगायत २०२१-२०२३ कार्यकालका लागि NCC र ICC का विभिन्न पदमा उमेदवारी घोषणा गर्नु भएका आदरणीय महानुभावहरुको उपस्थितीमा हुने यस भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

Date : 04/17/2021 Saturday
Time : 5:00 -9pm
Venue: Tandoori Nights
10312 Willard Way, Fairfax, VA 22030

नोट: कार्यक्रमको सहजिकरण एनआरएनए भर्जिनिया च्याप्टरले गर्नेछ। कृपया उपस्थित सबैले मास्क अनिवार्य लगाउन पर्नेछ।

जय एनआरएन ! धन्यवाद

facebook sharing button

प्रतिक्रिया