रेशम चौधरिलाई माफी दिन सरकारले यसरी प्रक्रिया अगाडी बढाइरहदा खबरदार आवाज उठ्यो

इनेप्लिज २०७७ चैत ३१ गते १०:१३ मा प्रकाशित

कर्तव्य ज्यान मु द्दामा चौधरी लगायतलाई जिल्ला अदालत कैलालीले ज न्मकैद ठहर गरेको थियो।उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो।चौधरी २०७४ फागुन १४ देखि अनु सन्धानका लागि थु नामा छन्।अदालतको फैसला अनुसार चौधरी २०९४ फागुन १३ सम्म थुनामा रहनुपर्छ। जिल्ला अदालतको आदेश वि रुद्ध चौधरीले उच्च अदालत दिपायलमा आफू छुट्न पाउनु पर्ने दा बीसहित निवेदन दर्ता गरेका थिए।

उच्च अदालतले जिल्ला अदालत कैलालीकै निर्णय सदर गर्दै उनलाई थु नामुक्त गर्न नमिल्ने आदेश दिएको थियो।जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध चौधरीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।जिल्ला र उच्च अदालतको आदेश नमिलेको र बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने दाबीसहित चौधरीले गत असार ५ मा सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेका हुन्। मुद्दा सर्वोच्चमा विचाराधीन छ।

प्रतिक्रिया