राजको स्वर, शब्द र संगीतमा ‘जलेर खरानी’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ चैत ३० गते २३:१२ मा प्रकाशित

सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेमीले प्रेमिका प्रति प्रेम भाव दर्शाएका छन्।यस गीतमा स्वर,शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ।यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

नयाँ वर्ष मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई प्र्यांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा पहिलो पटक गायक लिम्बु फिचर्ड भएका छन्।यसका साथै भिडियोमा बिष्णु कट्टेल र प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ। बिष्णुको अभिनय तारिफ योग्य छ।इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन,सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया