शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:४९
वासिङटन डिसी 16:04

टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ

इनेप्लिज २०७७ चैत ३० गते २२:४७ मा प्रकाशित

टेक्ससका एक व्यक्तिले भर्जिनियाको एमाजोन नामक तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईले उक्त व्यक्तिलाई पक्राउ गरेको छ । सेथ आरोन पेण्डले नामक उक्त व्यक्तिले भर्जिनिया राज्यको आश्बर्न स्थित वेब सर्भिस डेटा सेन्टर( संजालस्थल सेवा तथ्यांक केन्द्र)लाई ध्वस्त बनाउने आशा गरेका थिए ।

उनलाई गत बिहिबार एफबिआइले पक्राउ गरेको छ भने उनले ७० प्रतिसत अंतर्जाल (इन्टरनेट) ध्वस्त गर्ने योजना बनाएका थिए ।

एक आपराधिक उजुरीका अनुसार एक गोप्य जानकारीकर्ताले गत जनवरीमा एफबीआईलाई बताए कि सेथ आरोन पेण्डले नामका उक्त व्यक्तिले माइ मिलिसिया डटकममा “सानो प्रयोगात्मक ” को बारेमा पोस्ट (प्रकाशन) गरेका थिए ।

उनले डाओनाइसस लेख्दा उनलाई यस बारेमा प्रश्न गर्दा त्यसको जवाफमा मृत्यु भनि जवाफ दिएका थिए भनि वाशिंगटोनिएन डटकमले उल्लेख गरेको छ ।

पेन्डलेले अर्को गोप्य जानकारीकर्तासँग पत्राचार गर्न थालेको एफबीआईले जनाउदै उनले एमाजोन वेब सर्विसेज डाटा सेन्टर नष्ट गर्न सँगै राखेका थिए भनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया