शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:५९
वासिङटन डिसी 15:14

जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते

इनेप्लिज २०७७ चैत ३० गते १६:१५ मा प्रकाशित

जर्जियामा अत्यन्तै द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउदा गोली हानाहान हुँदा संदिग्ध मारिएका छन् भने ३ प्रहरीहरु घाइते भएका छन । अर्का संदिग्धलाई हिरासतमा लिइएको जानकारी प्रहरी अधिकारीहरुले सोमबार बिहान जानकारी दिएका छन ।

प्रहरीका अनुसार क्यारोल काउन्टी,क्यारोलटन र भिला रिकाका प्रहरीहरुलाई एटलान्टा अस्पतालमा भर्ना गरिएको छ भने उनीहरुको अवस्था हाल केही जानकारी दिइएको छैन ।

सोमबार अप्रिल १२ का दिन बिहान ३:३० बजे अन्तरराज्य २० मा १११ माइल प्रति घण्टाको दौडमा कुदाए पछि राजमार्गमा गस्तीमा रहेका प्रहरीले पिछा गरेका प्रहरी क्यापटेन ब्रानडन डाउसनले पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले उक्त सवारी साधनमा पिछा गरे र रोकेका थिए तर पुन उनिहरु भागेका थिए । प्रहरीहरुले सडक बाहिर रोक्न बाध्य बनाएका थिए तर पनि उनले निरन्तर गाडी कुदाई रहे डाउसनले भने ।

अर्का यात्रीसंग राइफल भएकोले प्रहरीलाई गोली हानेका थिए । दुई संदिग्ध क्यारोलटोन काउन्टीको राजमार्ग ६१ मा निरन्तर कुदाई रहे । उक्त संदिग्ध मध्ये एकले झ्यालबाट चियाएर क्यारोलटोन काउन्टीका प्रहरीलाई गोली हानेका थिए ।

त्यस पछी पनि दुई संदिग्धहरु निरन्तर भागि रहे र एक प्रहरी अधिकारीलाई २ पटक गोली चलाएका थिए । उनलाई ग्राडी मेमोरीएल अस्पतालमा सार्नु परेको जनाइएको छ ।

यसै गरि क्यारोल काउन्टीका सहायक प्रहरीलाई पानी गोली लागेकोले अस्पताल लागिएको छ । यस बिषयमा प्रहरीहरुले थप अनुसन्धान गरि रहेको सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया