बिहीबार, वैशाख २३ २०७८
काठमाडौं २३:५८
वासिङटन डिसी 14:13

फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग

इनेप्लिज २०७७ चैत ३० गते १४:३६ मा प्रकाशित

कोभिड-१९ बिरुद्ध खोप निर्माण गर्ने ओखती प्रतिष्ठान फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग राखेको छ ।

फाइजरले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)संग कागजात बुझाएको छ । आगामी शरद ऋतुमा बिद्यालय सुरु हुनु अगावै खोप उपलब्ध गराउन फाईजरको प्रयास रहेको छ ।

खोप निर्माण गर्ने फाइजरले किशोरहरुलाई यो खोप सुरक्षित र अत्यन्तै रक्षात्मक रहेको जनाएको छ । फाइजरका खोप १६ बर्ष देखि माथिका लागि एफडिएले स्वीकृत दिएको समाचार एबिसी७न्युज डटकमले प्रकाशित गरेको छ ।

अमेरिकामा १२ देखि १५ बर्षका किशोरकिशोरीहरुलाई स्वयम् सेवक रुपमा २,२६० (दुई हजार २ सय ६० )जनामा अध्ययन गरेको फाइजरले उल्लेख गरेको छ । खोपको दुष्प्रभाव(साइड इफेक्ट्स) वयस्क जस्तै रहेको फाइजरले जानकारी गराएको छ

यसको मुख्य दुष्प्रभावहरु दुखाई,ज्वरो ,थकान र चिसो महसुस हुने त्यसमा पनि दोश्रो खोपमा उक्त दुष्प्रभावहरु रहने बताईएको छ ।

प्रतिक्रिया