भुषण र रचनाको ‘ह्यापी न्यु यर’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ चैत २९ गते १७:५८ मा प्रकाशित


नयाँ बर्ष २०७८ नजिकिदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ बर्ष सम्बन्धि गीत ‘ह्यापी न्यु यर’ सार्वजनिक भएको छ।बसन्त लम्सालको शब्द,संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाइ टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।

रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली ,रन्जीत पौडेल ,अनामिका बाराकोटी,पबित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ।

प्रतिक्रिया