शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:०६
वासिङटन डिसी 15:21

बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने

इनेप्लिज २०७७ चैत २९ गते १५:०४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरका एक कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर गरिएको छ । उनले कम्तीमा ९० हजार डलर वेश्यावृत्तिमा खर्च गरेको जनाईएको छ ।

उनले जुन महिलाहरूलाई त्यति ठूलो रकम खर्च गरेका थिए तिनीहरुमा मध्ये केही लागू पदार्थ आपूर्तिमा संलग्न भएको पाइएकोमा उनलाई दोषी ठहर गरिएको डब्लुटिओपीले एसोसिएट प्रेस (एपी)ले लेखेको समाचार प्रकाशित गरेको छ ।

संघीय वकिलहरूले ६४ बर्षिय चार्ल्स “चक” नाबिटलाई गत शुक्रवार वेश्यावृत्तिमा दोषी ठहर भएकोमा १० बर्ष सम्मको अत्यधिक कारागारको सजाय सुनाइएको छ ।

अमेरिकी जिल्ला न्यायाधीश जर्ज एल रसेल तृतीयले उनलाई जुन २४ मा सजाय दिने छन् ।

अदालतमा पेश गरिएको कागजात अनुसार नाबिटले नियमित रूपमा यौनको लागि पीडितलाई उनले बाल्टिमोरको कार्यालयमा लैजाने गर्थे । साथै उनले यौन गतिविधिका अस्लिल श्रब्य दृश्य पनि अभिलेख गर्ने गर्थे ।

जसमा महिलाहरूले आपत्ति समेत जनाउने गर्थे भनि एसोसिएट प्रेस (एपी)ले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया