सल्लाहकार सम्पादक पन्तलाई प्रवल जनसेवाश्री पदक

इनेप्लिज २०७७ चैत २९ गते १३:५१ मा प्रकाशित

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इनेप्लिज डटकमका सल्लाहकार सम्पादक तथा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)का उपाध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तलाई प्रवल जनसेवाश्री मानपदवीवाट सम्मानित गर्नुभएको छ ।

तीन दशकदेखि पत्रकारितामा आवद्ध वरिष्ठ पत्रकार पन्तलाई नेपाल राष्ट्रको गौरव एवम नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदानको उच्च मुल्यांकन गर्दै सो मानपदवीवाट सम्मानित गरिएको हो ।

वरिष्ठ पत्रकार पन्तले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै मानपदवीका लागि राष्ट्रपति तथा सरकारप्रति आभार व्यक्त गर्नुभएको छ र विभिन्न माध्यमवाट वधाइ व्यक्त गर्ने महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया