शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:२१
वासिङटन डिसी 14:36

टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा

लक्ष्य पुन ४० हजार डलर बनाईएको छ

इनेप्लिज २०७७ चैत २९ गते १२:१५ मा प्रकाशित

टेक्सस राज्यको अस्टिनमा अज्ञात व्यक्तिद्वारा गोली लागि मृत्यु भएका स्व रमेश थापाको सहयोगार्थ गो फन्डमीमा खाता खोलेको ४८ घण्टा भित्र २५ हजार ५ सय ३८ डलर सय संकलन भएको छ । अहिले बिहान डिसीको समय अनुसार ८ बजे सम्म उक्त रकम संकलन भएको छ ।

उक्त गो फन्ड मि खाता ग्रेटर अस्टिन नेपाली सोसाइटीले खोलेको हो । अप्रिल ८ का दिन दिउसो खोलिएको गो फन्डमा २५ हजार डलर लक्ष्य राखिएको थियो भने उक्त लक्ष्य प्राप्ति भै सकेको छ । तर संस्थाले त्यसलाई लक्ष्य पुन ४० हजार डलर बनाएको छ ।

नेपाली समुदायले यस दुखद घडीमा खुला ह्रदयले सहयोग गरि रहेका छन् ।अस्टिन प्रहरी बिभागले उनि बस्ने अपार्टमेन्ट (आवास गृह)क्षेत्रमा गत मंगलवार मध्यरातमा उनलाई गोली हान्दा उनको त्यही मृत्यु भएको थियो उल्लेख गरेको थियो । अस्टिन प्रहरीले ब्लफ स्प्रिन्ग्स रोड स्थित कंकर्ड अपार्टमेन्ट(आवासगृह)बाट करिव १२:३० बजे धेरै जनाले त्यहाँ बिहान गोली चलेको खबर गरेको जनाएका थिए ।

स्व थापा पोखरा महानगरपालीका वडा नं १८ सराडकोट पदेली निवासि हुन् भने हाल अमेरिकाको टेक्ससको अस्टिनमा बिगत ११ बर्षदेखि बस्दै आएका थिए । ३९ बर्षका थापाको कामबाट घर फर्किदै गर्ने क्रममा अज्ञात ब्यक्तिबाट उनलाई गोली प्रहार गर्दा उनको निधन भएको थियो ।

स्व थापाका पत्नी,१३ बर्षिय छोरा र बृद्ध बुवाआमा नेपालमा बसोबास गर्ने जानकारी गो फन्डमा उल्लेख गरिएको छ । साथै थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निललाई गिरफ्तार गरिएको छ ।

उनलाई प्रथम श्रेणीको हत्याको अपराध को अभियोग को साथै दोश्रो श्रेणीको आक्रमण र खतरनाक शारीरिक क्षति पुर्याएको अभियोग लगाईएको अस्टिन प्रहरीले जनाएका छन् ।

सहयोग गर्न छुट्नु भएकाले यहाँ मुनी राखिएको सिक्री(लिंक)मा गै सहयोग गर्न सकिने छ ।

स्व थापालाई सहयोग गर्न यस गो फन्डको लिङ्क(सिक्री)मा थिच्नु होस् :

https://www.gofundme.com/f/fundraise-for-ramesh-thapa-funeral-and-family-help?

प्रतिक्रिया