शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:४५
वासिङटन डिसी 16:00

एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त

इनेप्लिज २०७७ चैत २९ गते ०:०० मा प्रकाशित

इनेप्लिज । तनहुँ जिल्लाको ऐतिहाँसिक पर्यटकीय क्षेत्र भानु नगर पालिका बडा नं १ भन्सारमा आज भन्दा झन्डै ४५ बर्ष अघि जन्मिएका दीपक पन्त एनआरएनए अमेरिकाको आउदो मे महिनामा हुने निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिने भएका छन् ।

सानै उमेर देखी समाज र राजनीतिसँग राम्ररी घुलमिल रहेका पन्त हक्की र स्पष्ट बक्ताका रुपमा परिचित छन् ।

स्थानीय शारदा शिक्षा सदन माबि बाट प्रबेशिका उतिर्ण गरेका पन्तले त्रिभुवन बिश्व बिद्यालय किर्तिपुरबाट अर्थशात्र बिषयमा (२०५५/२०५६ मा ) स्नातकोत्तर गरेका हुन।

अध्ययन लगतै नेपाल बिद्युत प्राधिकरणमा अधिकृत स्तरबाट नोकरी प्रारम्भ गरेका पन्त पछिल्लो समय (२०६७/६८ ) नेपाली लगानीमा बनेको मोडेल आयोजना “चिलिमे” जलबिद्युत कम्पनीको प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत थिए ।

सन् २०११ को मध्य तिर अमेरिका प्रवेश गरेका पन्त अमेरिकाको विस्कान्सिन राज्यको मिल्वाकी सिटीमा स्व -व्यवसाय गरी एक छोरी ,एक छोरा र श्रीमतीका साथ बस्दै आएका छन् ।

स्थानीय मिल्वाकी नेपाली परिवारको सचिवको जिम्मेबारी बहन गर्दै गर्दा एनआरएनए अभियानमा अमेरिकाभरी नेपाली समुदायसँग सहकार्य /सहयात्रा अभियानमा जोडिएका पन्त आफुलालाई अमेरिकामा रहेका नेपाली समुदायको सहयोग र साथ रहेकाले निर्वाचित हुनेमा ढुक्क देखिन्छन् ।

अमेरिकामा जन्मेका वा हुर्केका दोस्रो पुस्ताका नेपाली युवा पिंढीलाई कसरी नेपाल र अमेरीका बीच नेपाली भाषा ,संस्कृति मौलिकपनसँग जोड्न सकिन्छ भन्ने बिषय पन्तले आफ्नो चुनाबी मुख्य मुद्दा बनाएका छन् ।

समय छदै यसले पार्न सक्ने प्रभावका बारेमा हरेक अभिभावक चनाखो बन्नु पर्ने र आफ्नो एजेन्डालाई समर्थन र साथ दिने विश्वास पन्तले गरेका छन् ।

 

 

प्रतिक्रिया