शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:१६
वासिङटन डिसी 14:31

भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन

इनेप्लिज २०७७ चैत २८ गते १८:२३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा भएको एक सडक दुर्घटनामा एक नेपालीको दुखद निधन भएको छ । नेपाल परासी घर भै परिवारसँग भर्जिनियाको फल्स चर्चमा बस्दै आउनु भएका ३७ बर्षिय रमाकान्त भुषाल भएको बुझिएको छ ।

फल्स चर्चमा स्थित एक आवास गृह (अपार्टमेन्ट)मा बस्दै आउनु भएका भुषालको निधन गत राती अप्रिल ९ का दिन शुक्रबार भएको हो । दुर्घटना फल्स चर्चकै एक राजमार्गमा करिव १० :३० मिनेटमा भएको थियो ।

उहालाई अस्पताल लगिएता पनि अस्पतालले १०:५० मिनेटमा मृत घोषित गरेको थियो । दुर्घटना पछि प्रहरीले उहाकी पत्नीलाई गत अप्रिल ९ कै दिन जानकारी राती गराएको थियो ।

मृतक भुषाल १ बर्ष अगाडी २०२० को फेब्रुअरीमा विविधता चिट्ठा(डिभी)को माध्यमबाट आउनु भएको थियो । उहाका २ जना नाबालक छोराछोरी नेपाल मै रहेको उहाका पारिवारिक सदस्यले जानकारी गराउनु भएको छ ।

उक्त घटना पछि गैर आवासीय नेपाली संघ अमेरिकाको भर्जिनिया शाखाको पहल र नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को तर्फबाट ददिराम ढुंगानाले परिवारलाई आवश्यक पर्ने समुदायको साथ र सहयोगको लागि परिवारसंग कुरा गरि रहनु भएको जानकारी एनआरएनए भर्जिनिया शाखाका अध्यक्ष कृष्ण सादगीले ईनेप्लिजलाई दिनु भएको छ ।

अध्यक्ष सादगीका अनुसार सम्बन्धित परिवारसँगको परामर्श सकिना साथ गोफन्ड मि खाता खोलिने र नेपाली समुदायका सम्पूर्ण सदस्यलाई जानकारी दिने बताउनु भएको छ ।

प्रतिक्रिया