प्रेमिल शैलीको ‘यी आँखाका नानीमा’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ चैत २८ गते १५:५८ मा प्रकाशित

काठमाडौँ।अमेरिकामा बसेर पनि नेपाली माटो नभुलेका गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली बजारमा सार्वजनिक गरेका छन्।

‘यी आँखाका नानीमा’ बोलको यस गीतमा अर्जुन दुङ्मेन राईको शब्द रहेको छ।यस गीतलाई मनोज साङ्सोन राईले संगीतवद्द गरेका हुन्।

श्यामस्वेत शैलीमा निर्माण गरिएको भिfडियोमा स्वयम् गायक गुरुङ प्रस्तुत भएका छन्।यस गीतको भिडियोलाई सुनिल उप्रेतीको सम्पादन र निर्देशनमा तयार पारिएकोहो।

ज्यासमिन क्रियसन मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।म्युजिक भिडियोले दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

प्रतिक्रिया