शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:३७
वासिङटन डिसी 15:52

टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते

इनेप्लिज २०७७ चैत २८ गते १५:०९ मा प्रकाशित

टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते भएका छन । प्रहरीका अनुसार गत शुक्रबार राती दुईवटा सवारी साधनमा रहेका व्यक्तिहरुले गोली हानाहान गरेको जनाएका छन ।

उक्त दुई वटा सवारी साधनमा कैयौ व्यक्तिहरु रहेका थिए । उनीहरु टेक्ससको स्थानीय समय राती १० बजे पूर्वतर्फको दक्षिणपश्चिममा यात्रा गरि रहेका थिए । प्रहरीका अनुसार ती व्यक्तिहरुले किन गोली हानाहान गरे भन्ने कारण अझ पत्ता लागि नसकेको जनाएका छन् ।

प्रहरीका अनुसार गोली चल्दा अर्को सवारी साधनमा यात्रा गरि रहकी महिलालाई गोली लागेको छ । गोली लागेका ६ जनालाई अस्पताल लागिएको प्रहरीले बताएका छन् । त्यस मध्ये एक जनाको अवस्था गम्भीर र अन्य ५ जनाको अवस्था खतरामुक्त रहको समाचार सिएनएन ले प्रकाशित गरेको छ ।

गोली चलाउने संदिग्धहरु फरार रहेको भने उनीहरु समूह सम्बन्धि भएको विश्वास प्रहरीले गरेका छन् ।

प्रतिक्रिया