बिहीबार, वैशाख २३ २०७८
काठमाडौं २३:५५
वासिङटन डिसी 14:10

न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट

इनेप्लिज २०७७ चैत २८ गते १३:२९ मा प्रकाशित

न्यूयोर्क राज्यकी विधानसभा सदस्य जेनिफर राजकुमारसंग नेपाल आदीवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को नेतृत्वले उनको कार्यलयमा अप्रिल ९ तारिख भेटघाट भएको छ । विधायिका जेनिफर राजकुमार संगको भेटघाटमा फिप्नाको तर्फबाट नेपाली अमेरीकन समुदायको समस्याहरू , आवश्यकताहरू र हाम्रो अवस्थाको वारेमा प्रकाश पारीएको छ ।

फिप्नाले नेपाली अमेरीकन समुदायको भाषिक, सांस्कृतिक, सामुदायिक पहिचान र अस्तित्वलाई अमेरीकाको मूलधारमा स्थापित गराउदै विभिन्न सरकारी तहबाट सम्वोधन गर्नु पर्ने , सरकारी तह बाट नेपाली अमेरीकन समुदायलाई सम्बोधन हुने सरकारी सेवा सुविधा तथा विदाहरूको व्यवस्था गर्नु पर्ने , संसारको मानिसहरूले नेपाल र नेपाली कला संस्कृति, साहित्य, ईतिहास, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू वारे अध्ययन अनुसन्धान गर्न सक्ने फिप्नाको पहलमा सुरू हुदै गरेको सामुदायिक अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापनामा जोड दिनु पर्ने लगायतको मागहरू सहित ज्ञापन पत्र समेत बुझाईएको छ ।

भेटघाटको क्रममा आफू पनि दक्षिण एसियाली मूलकै भएकोले नेपालीहरू आफ्नै परिवार जस्तै लाग्ने र नेपाली अमेरीकन समुदायको हरेक समस्याहरूलाई सम्बोधन गर्ने कोशिश गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

नेपाली अमेरीकन समुदायको राजनीतिक, शैक्षिक, आर्थिक, सामाजिक विकास साथै प्रत्येक व्यक्तीहरूको सिप तथा क्षमता अभिवृद्धिको लागी फिप्नासंगको सहकार्यमा काम गर्ने वचन व्यक्त गर्नुभयो ।

भेटघाट कार्यक्रममा फिप्नाका अध्यक्ष लोक चेम्जोङ, फिप्ना स्थानिय विभागका सदस्य सचिव दिपेन्द्र लामा ,तामाङ सोसाइटी अफ अमेरीकाका अध्यक्ष छेमाङ तामाङ, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई र नेपाली अमेरीकन समुदायको अगुवा तथा समाजसेवी श्याम कार्की सहितको टोली सहभागी हुनुभयो ।

 

प्रतिक्रिया