शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:०८
वासिङटन डिसी 15:23

टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ

इनेप्लिज २०७७ चैत २८ गते १२:४८ मा प्रकाशित

टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने बन्दुकधारी संदिग्धलाई पक्राउ गरिएको छ । टेक्ससको औधोगिक क्षेत्र ब्रायनमा गत बिहिबार अप्रिल ८ का दिन गोलीकाण्ड भएको थियो । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार ५ जना घाइते मध्ये २ को स्थिति गम्भीर रहेको जनाएका छन् ।

संदिग्धले अन्धाधुन्ध गोली चलाएका थिए । केन्ट मुर क्याबीनेट्सका कमर्चारीको गोली प्रहार गरि ४० बर्षिय टिमोथी स्मिथको हत्या गरेका थिए भने अन्य ४ जनालाई सख्त घाइते बनाएका थिए ।

गत बिहिबार प्रहरीले २७ बर्षिय संदिग्ध बन्दुकधारी ल्यारी बोलिनलाई हत्या गरेको आरोपमा पक्राउ गरेको छ । उनलाई खतरनाक हतियार प्रयोग गरि आक्रमण सहित शुक्रबार ५ वटा अभियोग लगाईएको छ ।

साथै उनलाई सहायक प्रहरीलाई गोली हानेको समेत आरोप लगाइएको छ । टेक्सस जन सुरक्षा विभागका प्रहरीले संदिग्धलाई खेद्ने क्रममा गोली लागेको थियो । उनलाई १० लाखको जमानतमा हिरासतमा लिइएको छ भने ग्राइम्स काउन्टीका प्रहरी अधिकारीलाई बन्दुक चलाएकोमा १२ लाख डलरको हत्याको प्रयासको समेत आरोप लगाईएको छ ।

उक्त गोली काण्ड स्थानीय समय २:३० बजे (अमेरिकी पूर्वीय समय ३:३० बजे दिउसो )मा भएको थियो । केन्ट मुर क्याबीनेट्समा सक्रिय बन्दुकधारी भएको खबर ब्रायन प्रहरीले प्राप्त गरेका थिए ।

बन्दुकधारी बोलिन त्यहाँबाट भागेका थिए भने ५० मिनेट पछि उनलाई बेदीयास शहरमा हिरासतमा लिइएको एनबिसी न्युजले समाचार प्रकाशित गरेको छ ।

तस्बिर :एपी/ब्रायन प्रहरी बिभाग

प्रतिक्रिया