शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:४२
वासिङटन डिसी 15:57

राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने

इनेप्लिज २०७७ चैत २८ गते १२:०९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित राजधानी मन्दिरमा नेपाली नयाँ वर्षको कार्यक्रम गर्ने भएको छ । उक्त मन्दिरका नेपाली पण्डित प्रा मोतीलाल शर्माले नेपाली नयाँ बर्ष २०७८ को शुभ अवसरमा कार्यक्रम हुने भएको जानकारी दिनु भएको छ ।

पण्डित प्रा शर्माले अप्रिल १३ मंगलबार साँझ ८ देखि ८:४५ सम्म नेपाली नयाँ वर्षको कार्यक्रम हुने ईनेप्लिजलाई बताउनु भयो । उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभ कामना समेत दिने कार्यक्रम र प्रत्यक्ष प्रसारण गरिने छ ।

कोरोनाको कारण अझ पनि मन्दिरमा सीमितता रहेको हुनाले पण्डित शर्माले सबैलाई उक्त कार्यक्रम हेर्न र सहभागिता जनाउन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया