शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:५४
वासिङटन डिसी 15:09

टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार

इनेप्लिज २०७७ चैत २७ गते २२:५२ मा प्रकाशित

 

टेक्सस राज्यको अस्टिनमा गत मंगलबार राती १२:३० बजे नेपाली मूलका रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निललाई गिरफ्तार गरिएको छ ।

स्व थापा पोखरा महानगरपालीका वडा नं १८ सराडकोट पदेली निवासि हुन् भने हाल अमेरिकाको टेक्ससको अस्टिनमा बिगत ११ बर्षदेखि बस्दै आएका थिए । ३९ बर्षका थापाको कामबाट घर फर्किदै गर्ने क्रममा सवारी साधन अडान क्षेत्रमा उक्त संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निलले उनलाई गोली प्रहार गर्दा उनको निधन भएको थियो ।

स्व थापाका पत्नी,१३ बर्षिय छोरा र बृद्ध बुवाआमा नेपालमा बसोबास गर्ने जानकारी गो फन्डमा उल्लेख गरिएको छ ।

ट्रेविस काउन्टीका चिकित्सा जाचकर्ताहरुले उनको निधन गोली लागेको कारण भएको जनाएका छन । अस्टिन प्रहरीका अनुसार २०२१ मा अहिले सम्म थापा समेत गरि गरि २२ जनाको हत्या भै सकेको जनाएका छन् । स्व थापालाई गोली हाने ओ निललाई गत बुधबार अप्रिल ८ का दिन साँझ पक्राउ गरिएको हो ।

संदिग्ध फ्रान्सिस ओ निलले चलाएको गोलीको आवरणबाट उनले नै चलाएको गोलीसंग मेल खाएको छ ।

गोलीबारी सम्बन्धी अदालत कागजातहरूका अनुसार अनुसन्धानमा एक साक्षीले ओ’नेल मानसिक स्वास्थ्य समस्याहरूको सामना गरिरहेको हुन सक्ने सुझाव दिएका छन ।

उनले दुईवटा पृथक आक्रमणको सामना गर्नु पर्ने भएको छ । उनलाई प्रथम श्रेणीको हत्याको अपराध को अभियोग को साथै दोश्रो श्रेणीको आक्रमण र खतरनाक शारीरिक क्षति पुर्याएको अभियोग लगाईएको अस्टिन प्रहरीले जनाएका छन् ।

उनले १० लाख डलरको जमानत राख्नु पर्ने प्रहरीले जनाएका छन् ।

श्रोत :फक्ससनएन्टोनियो डटकम

 

प्रतिक्रिया