शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:४९
वासिङटन डिसी 15:04

न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने

इनेप्लिज २०७७ चैत २७ गते २२:३८ मा प्रकाशित

न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने भएको छ । आगामी अप्रिल ११ आइतबारका दिन ३:३० दिउसो न्युयोर्क स्थित कुइन्सको ज्याक्सन हाईट्स डाइभर्सिटी प्लाजा मा यी (एन्डी)चेनलाई सिटी काउन्सिल जिल्ला २५ का लागि समर्थन अमेरिकी नेपाली नागरिकहरुद्वारा कार्यक्रम राखिएको छ ।

कार्यक्रममा संस्कृतिक कार्यक्रम र नेपाली समुदायको विभिन्न संस्थाको प्रतिनिधित्वहरुको मन्तव्य राख्ने कार्यक्रम हुनेछ । बिशेष यी (एन्डी )चेन Yi (Andy ) को धारणा नेपाली समुदायलाई सुनाउने र बुझाउने मुल उदेश्य रहेको छ ।

हाल अमेरिकाका न्युयोर्क र ज्याकसन हाईट्स ८३-१६ कर्निस एभेन्यु ,एल्महर्स्ट न्युयोर्कमा अभियान अफिस खोलि सामाजिक काम गर्दै चुनाव प्रचार प्रसारमा व्यस्त रहेका छन् ।

चेनले सरकारी निकायमा प्रतिनिधित्व, आर्थिक बिकास र पहिचानको निमित्त लड़ने प्रतिबद्धता जनाएका छन्। उक्त जिल्लाको कान्छो उम्मेदवार चीनबाट १३ बर्षको हुदा अमेरिका आएका हुन् हाल ३२ बर्षका ठिटा हुन।

नेपाली समुदायहरुको लागी ब्लड डोनेसन कार्यक्रममा PPE(पिपिई) बितरण, हरेक हप्ता खाना बितरण, खेलाडिहरुलाई प्रोत्साहनको निमित्त खेल्कुद सामग्रि बितरण, सर्वसाधारणहरुलाई लत्ताकपडा बाड्ने जस्ता कार्य गर्नुका साथै ८९ औ स्ट्रिट र ३४ एभेन्युमा भएको ठुलो आगलागिमा सबै भन्दा पहिला उद्गार मा पुगि पिडितहरुलाई लत्ताकपडा र खाना सहित होटलमा बस्ने ब्यबस्था गरेका थिए ।

एल्महर्स्ट अस्पतालले कोभीद-१९ बाट बाचेका र अग्र पंक्तिका कामदारहरुलाई सम्मान गर्नु साथै मृत आत्माको शान्तिको लागी दिप प्रज्वलन कार्यक्रम साथै स्टप एसियन हेत जुलुस को मुल आयोजक साथै नेपालि समुदायहरुलाई पनि आयोजक कमिटिमा राखि क़रीब २३,००० उपस्थित सहित कार्यक्रम गरेका थिए ।

आफु बसेको जिल्ला निकैनै फोहर रहेको भनि डाइभर्सिटी प्लाजा सरसफाई गर्ने जस्ता बिभिन्न कार्यहरुमा अग्रसर भएर कार्य गर्दै आईरहेका छन्। चेनको अभियान प्रवन्धकमा नेपाली मूलको दिपेन्द्र लामा कार्यरत छन भने हाल नेप्लिज अमेरिकन पब्लिक रिलेसन डिपार्टमेन्टको संयोजक केशब राम राई रहेका छन् ।

प्रतिक्रिया