शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:२७
वासिङटन डिसी 15:42

अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप

इनेप्लिज २०७७ चैत २७ गते १०:५० मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१ हजार ३ सय २३ जना संक्रमित भएका छन । यस्तै एकै दिनमा ९ सय ९५ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । गत बिहिबार अप्रिल ८ का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

गत हप्ता औसतमा दैनिक ६६,११८ जना संक्रमित भएका थिए भने गत दुई हप्तामा औसतमा १३ प्रतिसतले संक्रमित हुने संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकामा अहिले सम्म कम्तिमा १७ करोड ४८ लाख ७९ हजार ७ सय १६ जनाले प्रथम खोप लगाई सकेको जानकारी अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले दिएको छ । चार जनामा एक जना वयस्कलाई पूर्ण खोप लगाई सकिएको छ ।

अमेरिकामा हाल सम्म कूल ५ लाख ५९ हजार ५ सय ७५ जनाको निधन भएको छ । हाल अमेरिकामा ४३,७८० जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन । हाल सम्म अमेरिकामा १ करोड ५० लाख ३ हजार १ सय ३७ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् ।

अमेरिकामा हरेक दिन औसतमा ३० लाख खोप अमेरिकीहरुले लगाई रहेका छन ।

श्रोत :न्यूयोर्क टाइम्स/अन्य

प्रतिक्रिया