शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:२९
वासिङटन डिसी 15:44

टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते

इनेप्लिज २०७७ चैत २७ गते १:०२ मा प्रकाशित

 

टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । टेक्ससको औधोगिक क्षेत्र ब्रायनमा बिहिबार अप्रिल ८ का दिन गोली चलेको प्रहरीले जनाएका छन् ।

टेक्सस जन सुरक्षा बिभागका प्रहरीले संदिग्धलाई खेद्ने क्रममा गोली लागेको छ । बिभागले सामाजिक संजालमा उक्त जानकारी दिएको छ भने उनको अवस्था स्थिर रहेको छ ।

यसै सिलसिलामा एक व्यक्ति लाई ग्रिम्स काउन्टी नजिक प्रकाउ गरि हिरासतमा लिइएको छको शेरिफ डोनाल्ड सोवेलले सिएनएनलाई जानकारी गराएका छन् ।

स्थानीय समय २:३० बजे (अमेरिकी पूर्वीय समय ३:३० बजे दिउसो ) सक्रिय बन्दुकधारी भएको खबर ब्रायन प्रहरीले प्राप्त गरेको जनाएका छन् ।

उक्त बन्दुकधारी केन्ट मुर क्याबीनेट्समा देखिएको र संदिग्धको खोजी भै रहेको प्रहरीले जानकारी दिएका छन् ।

श्रोत : सिएनएन , तस्बिर :एनबिसी न्युज

प्रतिक्रिया