गैर आवासीय नेपाली संघअमेरीकाको १७ औं बैठकको प्रेस बिज्ञप्ति

इनेप्लिज २०७७ चैत २६ गते २१:०६ मा प्रकाशित

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,अमेरीकाको १७ औं आकस्मिक बैठक zoom मार्फत् यही March 31st, 2021 मा निम्न बिषयहरूमा छलफल गर्दै निम्न निर्णयहरू गरियो।

प्रस्ताब र निर्णयहरू:

१. निर्बाचन आयोगको लागी आधिकारिक सम्पर्क ब्यक्ति तोक्ने सम्बन्धमा:
एनआरएनए एनसीसी अमेरीकाको बिधानको धाराXVI (131) उल्लेख भए बमोजिम निर्बाचन आयोगसंग एनआरएनए एनसीसी अमेरीकाको कार्यकारी समितिसंग निर्बाचनसम्बन्धी सूचनाहरू सम्बाद गर्नको लागी आधिकारिक सम्पर्क ब्यक्तिको रूपमा संस्थाको अध्यक्ष सुनील साह र महासचिब पशुपति पाण्डेलाई जिम्मेबारी दिने निर्णय गरियो।

२. एनआरएनए आईईएसले गठन गरेको भेरिफिकेशन तथा सुपरभिजन सम्बन्धमा:
एनआरएनए एनसीसी अमेरीकाको२०२१-२०२३ का सदस्यहरूको रीभेरिफिकेशन तथा सुपरभिजन गर्नको लागी एनआरएनएको अन्तराष्ट्रिय कार्यकारी समिति(आईईएस) ले गठन गरेको समितिसंग एनआरएनए एनसीसी अमेरीकाको बिधानमा उल्लेख भएको निर्बाचन सम्बन्धिसमयतालिका संग नबाझिने गरी मिलेर सहकार्य गर्ने निर्णय गर्दै सोही अनुसार पत्राचार /जानकारी गराउने निर्णय गरियो।

३. आगामी साधारण सभाको सम्बन्धमा: आगामी जुलाईको पहिलो हप्तामा हुने संस्थाको नियमित साधारणसभाको तैयारीकोलागी आबश्यक गृहकार्य र पत्राचार गर्नको लागि संस्थाको सचिवालयलाई जिम्मेबारी दिने निर्णय गरियो।

धन्यबाद।

सचिवलय
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद,अमेरीका

प्रतिक्रिया