आइतबार, चैत २९ २०७७
काठमाडौं २१:३३
वासिङटन डिसी 11:48

अमेरिकामा ५ वटा राज्यमा ४३ प्रतिसत कोरोना संक्रमित वृद्धि ,१ करोड ४९ लाख ६ हजार कोरोना संक्रमणमुक्त

इनेप्लिज २०७७ चैत २६ गते ११:०६ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ७३ हजार २ सय जना संक्रमित भएका छन । यस्तै एकैदिनमा २ हजार ५ सय ६४ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । गत बुधबार अप्रिल ७ का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

गत हप्ता औसतमा दैनिक ६५,५५६ जना संक्रमित भएका थिए भने गत दुई हप्तामा औसतमा १४ प्रतिसतले संक्रमित हुने संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकामा अहिले सम्म कम्तिमा १७ करोड ४९ लाख ६ हजार ५ सय १५ जनाले प्रथम खोप लगाई सकेको जानकारी अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले दिएको छ ।

अमेरिकामा हाल सम्म कूल ५ लाख ५८ हजार ५ सय ८० जनाको निधन भएको छ । हाल अमेरिकामा ४३,०४४ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन ।

हाल सम्म अमेरिकामा १ करोड ४९ लाख ६ हजार ५ सय १५ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिकामा अहिले बिहान बिहिबार सम्म कूल ३ करोड ९४ लाख ४ हजार १ सय सय जना संक्रमित भएका छन ।

अमेरिकामा हरेक दिन औसतमा ३० लाख खोप अमेरिकीहरुले लगाई रहेका छन । साथै अमेरिकामा कम्तिमा एक तिहाई मानिसले एक खुराक खोप लगाएका छन् । यसै गरि अमेरिकाका ५ वटा राज्यमा ४३ प्रतिसत कोरोना संक्रमित वृद्धि भएको सिडिसीले जनाएको छ ।

श्रोत :न्यूयोर्क टाइम्स/अन्य

प्रतिक्रिया