आइतबार, चैत २९ २०७७
काठमाडौं २२:१४
वासिङटन डिसी 12:29

गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको सकृय पहलमा न्युयोर्कमा भ्याक्सीनको दोस्रो कार्यक्रम।

इनेप्लिज २०७७ चैत २६ गते ९:४६ मा प्रकाशित

गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको सकृय पहलमा न्युयोर्क र आसपासका नेपाली लगायतका ईच्छुक सम्पूर्ण समुदायका महानुभावहरूलाई कोभिड-१९ विरूद्ध भ्याक्सिनका लागी दोस्रो कार्यक्रमको व्यवस्था भ्याक्सीन रजिस्ट्रेसन फारम भरी योग्यताका आधारमा क्वीन्स अस्पतालमा कोभिड-१९ को खोप लगाउन सबैलाई आव्हान गरिएको छ।

सो पुनीत कार्यको लागी फाउन्डेशनले माताहातका विभिन्न संस्थाहरूलाई समेत सकृय गराई फाउन्डेशनाट उपलब्ध फर्म भराई समुदायबाट तथ्यांक संकलन गरेको र सोका आधारमा यही अप्रिल १०,१७ र २४ तारीख शनिवारका दिन ठीक बिहान १०:०० वजेवाट साँझ ५:०० वजेसम्म क्विन्स् अस्पताल जमैका, ८२-६८, १६४ स्ट्रीट न्युयोर्क ११४३२ मा भ्याक्सीनको लागी आवेदन फारम भरी खोप लगाउन सक्नुहुने छ।

यसरी समुदायमा रहेका नेपाली लगायतका विभिन्न समुदायलाई आफ्नो पहलमा खोप लगाउन पाउँदा संस्थाको अध्यक्षको हैसीयतमा आफुलाई गौरव महशुस भएको कुरा यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे वताउनुहुन्छ।वहाँको टीमको अथक पहल र प्रयासमा फाउन्डेशनप्रती विश्वास दिलाई न्युयोर्कका सरकारी निकायवाट यस्तो महत्वपूर्ण मानवीय सहयोग प्राप्त भई सो बाट हजारौं आम सर्वसाधारण लाभान्वित हुनेछन्।पहिलो खोप कार्यक्रम अप्रील ३ मा सम्पन्न भएको थियो भने दोस्रो खोप कार्यक्रम यही अप्रील १० मा हुदैछ।

फ़ाउन्डेशनले अन्य संघ संस्थाहरू समेतलाई साथ लिई सो खोप कार्य प्रत्येक हप्ताको खोपका लागी वुधवार अपरान्ह २:०० वजेसम्म फर्म यसै फाउण्डेशनको कार्यालयमा वुझाई सक्नुपर्नेछ र सोही आधारमा अस्पताल सँग समन्वय गरी खोपको व्यवस्थापन गर्दै आज क्वीन्स अस्पतालकी खोप व्यवस्थापन समितीकी कम्युनिटी निर्देशक सरोजीनी कुमार सॅंग भेटघाट गरी जम्मा ३७८ वटा रजिस्ट्रेसन फारम बुझाएको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिनु भयो।

उक्त भेटघाटमा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिगं राप्के लामा र कार्यसमिती सदस्य ध्रुव कुवॅंर क्षेत्रीको उपस्थिती रहेको थियो।३७८ वटा भ्याकसीन दर्ता फारम मध्ये शेर्पा किदुगको १०० वटा,फाउण्डेशनको २१७ वटा, घ्यालसुम्दो सेवा संस्थाको ३१ वटा र विभिन्न संघ-संस्था वाट ३० वटा फारम फाउण्डेशनको कार्यालयमा आएको र ति सबै फारमहरु क्वीन्स अस्पतालमा हस्तान्तरण गरीयो। फाउण्डेशनको “भ्याक्सीन लगाऔं, स्वस्थ्य रहौं” भन्ने अभियान क्वीन्स अस्पताल सॅंग सहकार्य यही अप्रील महिनाको अन्तिम सम्म हुनेछ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरले समाज प्रति विभिन्न सेवा पुराए वापत हामीलाई विश्वास गरेर भ्याक्सीन कार्यक्रमका समुदायका सदस्यहरुलाई सहज गर्न/गराउन फाउण्डेशनको पुलको भुमिकाका लागी पुर्ण सहयोग गरीदिनु हुने हेल्थ ऐण्ड हस्पीटल क्वीन्स कम्युनिटी बोर्डका चेयरपरसन एंव क्वीन्सकै डिस्ट्रीक डेमोक्र्याट लिडर डा. ऐन्थोनि एन्ड्र्यु जुनियरलाई धन्यवाद एंव आभार प्रकट गर्दछ।

प्रतिक्रिया