आइतबार, चैत २९ २०७७
काठमाडौं २१:५३
वासिङटन डिसी 12:08

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत कार्यक्रम

इनेप्लिज २०७७ चैत २६ गते १:११ मा प्रकाशित

न्यूयोर्क,अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर का अध्यक्ष श्री सोमनाथ घिमिरेले आज गिरिजा प्रसाद कोइराला फाउण्डेशनअमेरिकाको कार्यालयमा नेपाल तरुण दलकी पुर्व केन्द्रीय सदस्य सविता सिंह सिलवाल र रोल्पा-अमेरिका जनसम्पर्क समितीका अध्यक्ष एंव रोल्पा ने.का.का युवा नेता गोविन्द श्रेष्ठ लाई खादा लगाई स्वागत गर्नु भयो।यस स्वागत कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष श्री सुवर्ण लामाको विशेष उपस्थिती रहेको थियो।

उक्त स्वागत कार्यक्रमको भेटवार्तामा सामाजिक र राजनितीक विषयमा व्यापक छलफल भएको थियो।उक्त भेटवार्तामा फाउण्डेशनको नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपाध्यक्ष श्री सुवर्ण लामा लाई ने.का. कि जुझारु नेत्री सविता सिंह सिलवाल र ने.का. का युवा नेता गोविन्द श्रेष्ठले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा फाउन्डेशन लाई अझै विभिन्न देशका उच्च स्तरीय सामाजिक संघ संस्थाहरू सँग समन्वय गरीअगाडी बढन आफ्नो तर्फवाट भरपुर सहयोग गर्ने वचनवद्दता जाहेर गर्नुभयो।

यसै च्याप्टरका अध्सक्ष सोमनाथ घिमिरेले:”गिरिजा बावुले प्रतिपाद गरेको सहमती,सहकार्य र एकताको भाव अहिले पनि उत्तिकै अपरिहार्य छ।देशमाआएको परिवर्तनमा स्व. गिरिजा प्रसाद कोईरालाको योगदान उल्लेखनीय रहेको र वॅंहाकै नेतृत्व बाट नेपाल स्वर्णिम युगमा प्रबेश गरेको हो”,भन्नु भयो।

गिरिजा बावुकै महान बाणी “सहमती, सहकार्य र एकता” मा टेकेर कांग्रेस सहित अन्य दलहरुले पनि आगामी दिनमा राजनितिक संस्कारलाईअगाडी बढाउनु पर्द।ऐसियाकै एक साहसिक र निडर नेता, शान्तिका नायक श्र्देय नेता गिरिजा प्रसाद कोईराला वाट हामीले धेरै सिक्नु छ, उपाध्यक्षसुवर्ण लामाले भन्नु भयो।

युग पुरुष स्व. गिरिजा प्रसाद कोईरालाको नाममा स्थापित फाउण्डेशनको केन्द्रीय कार्यालय काठमाण्डौ,नेपालमा अवस्थित छ र गिरिजा प्रसाद कोईराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष माननीय सुजाता कोईराला हुनुहुन्छ।मा.सुजाता कोईराला पुर्व उप-प्रधानमन्त्री एंव विदेश मन्त्री,नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रभावशाली नेत्री हुनुहुन्छ।

 

गिरिजा बावुले नेपाली जनताको लागी राणाकाल देखी भारत प्रवासमा रहँदा पंचायतकाल र वहुदलीय व्यवस्था एवं गणतन्त्र स्थापना गर्दा सम्म निरन्तरअथक योद्दाका रूपमा वहाँले पुर्याउनु भएको अतुलनीय योगदान र जीवनको उत्तरार्धमा नेपालमा माओवादी द्वन्द्ववाट १७ हजारभन्दा धेरै नेपालीजनले ज्यानगुमाएपछी देशलाई द्वन्दवाट शान्तीको मार्गमा स्थापित गराउन द्वन्दरत पक्षलाई वार्तामा ल्याई विस्तृत शान्ती सम्झौता समेत गराउन सफल वहाँकोअतुलनीय भुमीका रहेको वारे विस्तृत चर्चा गरीयो।युवा नेता गोविन्द श्रेष्ठले अध्यक्ष घिमीरेको वौद्दिकता र उच्च विचारले थप उर्जा प्राप्त भएको र सहकार्य गरी अगाडी बढन आफु उत्साहित भएको वताउनुभयो भने उर्जाशील नेत्री सविता सिलवालले देशमा शान्ति प्रक्रिया तथा लोकतन्त्रका लागि एक्लै लडेको, गिरिजा बावुको स्मरण केवल देश,विदेश, पार्टी मात्र नभई अन्तरराष्ट्रीय स्तरमा सबैले सम्झिरहेका छन,भन्नु भयो।

नेपाली राजनितिमा स्व. गिरिजा प्रसाद कोईराला लाई शिर्ष नेता,युगपुरुष,शान्तीनायक,महानायक आदि उपनामले समेत पुकारिन्छ।

प्रतिक्रिया