मेरिल्याण्डमा कर्तब्यमा नभएका पेन्टागनका अधिकारीको गोलीबाट २ जना संदिग्धको मृत्यु
मेरिल्याण्डको टकोमा पार्कमा अफ ड्युटी (कर्तब्यमा नभएका) पेन्टागनका अधिकारीको गोलीबाट २ जना संदिग्धको मृत्यु भएको छ । काममा नभएका समयमा उनले गोली चलाएका हुन् ।
अप्रिल ७ बुधबार बिहानै पेन्टागन सुरक्षा बल संस्थाका प्रहरी अधिकारीले गोली दुईजनालाई हानेको बताईएको एक बिज्ञप्तिमा उल्लेख गरिएको छ । तर गोली चलाउने उक्त अधिकारीको नाम खुलासा गरिएको छैन ।
उनले टकोमा पार्क शहरको एक आवास गृह(कन-डोमोनियम)नजिक न्यु ह्यामशायर एभेन्यु(मार्ग)मा बिहान ५ बजे कसैले सवारी साधन तोडफोड गर्दै गरेको लागेकोले उनले गोली चलाएका हुन् ।
उनि दुई जना सग व्यस्त (इन्गेज) भए र तिनीहरुले उनको निर्देशन नमानी भाग्ने हुँदा उनले गोली चलाएको पेन्टागनले जनाएको छ । उनीहरुलाई प्रिन्स जर्ज काउन्टी अस्पताल लगिएता पनि उनीहरुको चोटपटकको कारण मृत्यु भएको छ ।
पेन्टागन सुरक्षा बल संस्थालाई सूचना दिइएको छ भने टकोमा पार्क प्रहरी र मोन्टगोमेरी काउन्टी राज्यका अधिवक्ताका कार्यलयले अनुसन्धान गरि रहेका छन् ।
टकोमा पार्कका प्रहरी महिला प्रवक्ताले संदिग्धको मामला जाँच गरि रहेको जनाएकी छिन ।
श्रोत : डब्लुटिओपी
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया