टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
अमेरिकाको टेक्सासमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । अस्टिन र टेक्ससका नेपाली समुदायका अनुसार टेक्ससको अष्टिनमा वसोवास गर्ने उनि नेपाल पोखरा सराङ्गकोटका रमेश थापा भएको बुझिएको छ ।
अस्टिन प्रहरी बिभागले उनी वस्ने साउथइष्ट अस्टिन अपार्टमेन्ट (आवास गृह)क्षेत्रमा मंगलवार मध्यरातमा गोली हानिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अस्टिन प्रहरीले ब्लफ स्प्रिन्ग्स रोड स्थित कंकर्ड अपार्टमेन्ट(आवासगृह)बाट करिव १२:३० बजे धेरै जनाले त्यहाँ बिहान गोली चलेको खबर गरेको जनाएका छन ।
प्रहरीलाई खबर दिनेले उक्त भवन क्षेत्र भित्र नै गोली चलेको सुनिएको त्यहाँका एक निवासीले प्रहरीलाई खबर गरेका थिए । जव प्रहरीहरु त्यहाँ पुगे सवारी साधन अडान क्षेत्र(पार्किंग लट )मा रमेश घाइते अवस्थामा फेला पारेका थिए ।
उनलाई त्यहाँ पुगेको आकस्मिक चिकित्सा सेवा तथा प्रहरी अधिकारीहरुले सहयोग गरेका थिए । तर उनलाई उनीहरुले बचाउन सकेनन भने उनको त्यही मृत्यु भएको घोषणा गरिएको प्रहरीले जनाएका छन् ।
थापाको हत्यामा संलग्न कसैलाई पनि अहिलेसम्म गिरफ्तार गरिएको छैन भने गोली हान्ने हत्याराको हुलिया पत्ता लागि नसकेको उल्लेख गरेका छन । प्रहरीले गोली चलाउनेको सवारी साधन पत्ता लगाउने काम गरि रहेको जनाएका छन ।
यो समाचार नेपाली संचार माध्यममा अङ्किय पत्रिका युएएसनेपाल पोष्टले स्व थापाको समाचार सबैभन्दा पहिले प्रकाशित गरेको थियो भने अङ्किय पत्रिका हिमालयखवरले पनि दुखद समाचार प्रकाशित गरेको छ ।
श्रोत :फक्स७ अस्टिन डटकम ,तस्बिर :सामाजिक संजाल रमेश थापा
https://www.kxan.com/news/local/austin/apd-investigating-deadly-shooting-in-se-austin/
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
अमेरिकामा राजनीतिक दलहरुको स्थापनाको उद्धेश्य?
प्रतिक्रिया