न्युयोर्कमा एसियाली अमेरिकी बृद्ध महिलालाई आक्रमण गर्दा ढोका थुन्ने दुई सुरक्षाकर्मी निस्कासित
न्युयोर्कमा एसियाली अमेरिकी बृद्ध महिलालाई क्रुर आक्रमण गर्दा सहयोग नगरी ढोका थुन्ने दुई सुरक्षाकर्मी निस्काशित भएका छन् । गत सोमबार मार्च २९ का दिन न्यु योर्क शहरको टाइम्स स्क्वायर नजिकै उक्त महिलालाई लात हिर्काउँदै र कुल्चिएको श्रब्य दृश्यमा देखिए पछि संदिग्धलाई गिरफ्तार गरि सकिएको छ ।
ब्रोडस्की संगठनबाट संचालित उक्त भवनमा काम गर्ने सुरक्षा कर्मचारीलाई हटाईएको एक बिज्ञप्ति मार्फत गत मंगलबार जानकारी गराएका छन् । उक्त घटना मार्च २९ का दिन भएको थियो ।
समयमा सडक छेउकै एक भवनमा खटिएका भवन भित्र सुरक्षा दिन बसेका ति सुरक्षाकर्मीले कुनै पहल नगरेको कारण दुवैको जागिरबाट हात धुनु परेको छ । महिलालाई आक्रमण गर्ने व्यक्ति न्यु योर्क शहरका ३८ वर्षीय ब्रान्डन इलियट हुन् । उनलाई घृणाको अपराधको रूपमा आक्रमण गर्ने, हमला गर्ने र आक्रमण गर्ने प्रयास गरेको आरोप लगाईएको छ ।
उनले ६५ वर्षीया महिलालाई टाइम्स स्क्वायरबाट केही पर भवन समुहको मध्य शहर म्यानहट्टनमा हिंड्दै गर्दा उक्त व्यक्ति आएर पेटमा लात्ती हानेका र भुईमा ढले पछि फेरी कुल्चिएका थिए । प्रहरीका अनुसार महिलाको अनुहारमा पटक पटक लात्ती हिर्काएका थिए । गम्भीर घाइते भएकी महिलालाई गत मंगलबार अस्पतालबाट घर पठाइएको अस्पतालका प्रवक्ताले जानकारी दिएका थिए ।
श्रोत : सिएनएन
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया