पहिलो पटक भर्चवल माध्यमबाट गीती एल्बम बिमोचन

इनेप्लिज २०७७ चैत २५ गते ३:२६ मा प्रकाशित

चर्चित गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन २ को टप १० मा पुग्न सफल गायक बिशाल राईको पहिलो सांगीतिक कोशेली गीती संग्रह ‘सेन्मी’ बिमोचन गरिएको छ।कोभिडको बढ्दो कारण र प्रबिधिलाइ सदुपयोग गर्दै नेपाली इतिहासमै पहिलोपटक भर्चवल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा शनिबार गीती संग्रह ‘सेन्मी’को बिमोचन गरिएको हो।प्रसिद्ध संगीतकार शुभबहादुर सुनाम ,बरिस्ठ संगीतकार सुरेश अधिकारी,लोकप्रिय गायक एबम म्युजिक नेपालका बिजनेस हेड राजिव लोहनी र गायक बिशाल राईले सयुक्त रुपमा गीती संग्रह ‘सेन्मी’को बिमोचन गर्नु भएको थियो। ५ वटा गीतहरु संग्रहित ‘सेन्मी’ एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र सगीत रहेको छ भने महाराज थापाको एरेन्ज रहेको छ ।

नारी,नपिलाउ ,निदै उडेर,तिमि गैगयौ,म त हजुर गीत समाबेश गीतहरूमध्ये ‘नारी’ गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।हजारौ दर्शकले कार्यक्रमलाइ म्युजिक नेपालको युट्युब च्यानल मार्फत प्रतक्ष्य हेरेका थिए।सो कार्यक्रममा गायक बिशाल राईले एल्बममा समाबेश गीतहरू लाइभ गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए ।गीती संग्रह ‘सेन्मी’लाइ म्युजिक नेपालले बजारमा ल्याएको हो।’सेन्मी’ एल्बमका गीतहरू म्युजिक नेपालको युट्युब च्यानल र संसारभर ७० भन्दा बढी डिजिटल प्लेटफर्म मार्फत सुन्न सकिन्छ।

एल्बम लन्च कार्यक्रमको भिडियो लिंक

प्रतिक्रिया