एउटा पत्रकारको पीडा-क्यान्सर नं २
गोफण्ड लिंक सहित
तपाइको एउटा मात्रै चाहना के छ भनेर कसैले सोध्यो भने तत्कालै उत्तर दिन कठिन हुन्छ । उत्तरका लागि एकैछिन सोच्नुपर्छ । यही प्रश्न पत्रकार कमल पौडेललाई सोध्यो भने, उनको उत्तर तत्कालै आउंछ, उनी भन्छन् म अहिले वांच्न चाहन्छु ।
मानिसहरु क्यान्सर रोगको नाम सुन्नासाथ डराउंछन् । तर पत्रकार पौडेलले क्यान्सर जस्तो प्राणघातक रोगसंग दुइपटक संघर्ष गर्नुपर्यो । व्लड क्यान्सरवाट पीडित पत्रकार पौडेलले अघिल्लो वर्षको ६ महिना सिभिल अस्पतालमा विताए । जीवनभर कमाएको जति सकियो, संसारभरवाट साथीभाइले उपचारका लागि सहयोग जुटाए । पत्रकार पौडेलले क्यान्सरलाई पराजित गरे । निको भएर अलिअलि तंग्रिएपछि घरमा पर्खिरहेकी वुढीआमालाई भेट्न विराटनगर पुगे, जहां ६ महिनादेखि दुधेवालक छोरी वावाको प्रतिक्षामा थिइन । अस्पतालमा आफुलाई रुंघ्न वसेका जेठा छोराको पढाइ छुटेको थियो । पत्नी पनि अस्पतालमा नै रुंघ्न वसेकी थिइन । घर अस्तव्यस्त भइसकेको थियो ।
उनी निको भएर फर्किएपछि घरमा फेरी खुसी फर्कियो । समाचार प्रमुखको रुपमा उनी कार्यरत मकालु टेलिभिजन र उनले पढाउने कलेजहरुमा एकप्रकारको सेलिव्रेसन नै भयो । ६ महिना वुवालाई अस्पतालमा रुंघेर वसेको ठुलो छोरा अभिन्न फेरी कलेज जान तयारी गर्न थाले । तर केही समयमा पत्रकार पौडेललाई कोरोना संक्रमण भयो । निमोनियाले निकै गलाए पनि उनले कोरोनालाई जिते । कोरोनालाई जितेको केही समय वितेपछि फेरी विसन्चोको मात्रा वढ्यो। जचाउन फेरी काठमाडौं आए । सिभिल अस्पतालले भन्यो, जति मानिसलाई अघिल्लो वर्ष क्यान्सर निको भएको थियो, कोरोना संक्रमण हुनेहरुमा क्यान्सर दोहोरिएको पाइएको छ ।
पत्रकार पौडेल यतिवेला दोश्रो पटक आएको क्यान्सरको उपचार गराइरहेका छन् । पत्रकार पौडेलले यसपटक किमो लिने आंट गरेनन् । उनलाई किमो थाम्न सकुला भन्ने नै लागेन । डा. विशेष पौडेलले खाने र इन्जेक्सनवाट दिने औषधिमार्फत शरिरमा फैलिएको क्यान्सरलाई घटाउन सफल भए , अव वोनम्यारो ट्रान्सप्लान्ट गर्नुछ । वोनम्यारो ट्रान्सप्लान्टका लागि उनलाई आर्थिक अभाव भएको छ र सहयोगको अपेक्षा गरेका छन् । पत्रकार पौडेललाई फेरी निको भएर गएर आमाको अनुहारमा खुसी ल्याउनु छ, सानी छोरीलाई हुर्काउनु छ, छोराहरुलाई फेरी कलेज फर्काउनु छ । मकालु टेलिभिजनको पर्दामा आएर क्यान्सरलाई पराजित गर्न सकिन्छ भनेर सन्देश दिनुछ ।
मैले पहिलोे क्यान्सरलाई जिते, कोरोना संक्रमणलाई पनि जिते, अव तपाइहरुको सहयोग पाए भने क्यान्सर नं २ लाई पनि जित्नेछु, पत्रकार पौडेलले भने, म वांच्न चाहन्छु, मेरो जीवन वचाउन तपाइहरुको अमुल्य सहयोग आवश्यक छ ।
पत्रकार पौडेललाई सहयोग गर्न यो लिंकमा क्लिक गर्नुहोला ।
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया