प्रदेश सरकारको फ्लड लाइट खेलकूद क्षेत्रलाई पहिलो उपहार–मुख्यमन्त्री राई
विराटनगर,२३ चैत।विराटनगरवासीको वर्षो देखिको रात्रिकालिन खेलकूद हेर्ने चाहना आज साँझ देखि शहीद रङ्गगशालामा फ्लड लाइट सञ्चालनबाट पुरा भएको छ।
प्रदेश नं १ सरकारले वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रातिको समयमा खेलकूद हेर्ने नागरिकको इच्छा पुरा गरेको छ।
प्रदेश सरकारको लगानीबाट नेपालमा पहिलो पटक यस क्षेत्रमा लाइट जडान गरि सञ्चालन गरिएको छ भने यो काठमाडौको दशरथ रङ्गशाला पछि यो दोश्रो रहेको हो।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको स्विच थिचि आज साँझ उद्घाटन गर्दै सङ्घीयता स्थापना पछि सरकारको खेलकूद क्षेत्रलाई यो पहिलो उपहार हो भन्नु भयो।
उहाँले तीन वर्ष अगाडि सरकारले प्रतिवद्धता व्यक्त गरे अनुसार आफ्नो कार्य पुरा गरेको छ भन्दै सरकारले खेलकूदलाई उच्च प्राथमिकता राखेको बताउनु भयो।
मुख्यमन्त्री राईले सरकारको आलोचना गर्नेले शहीद रङ्गशालामा आउन आग्रह गर्दै चार लेन सडक,प्रत्येक जिल्लामा रङ्गशाला,पुल लगायतका पूर्वाधार निर्माणको काममा गरिरहेको जानकारी दिनु भयो।
उहाँले कुरा मात्र गरेर हुदैन भन्दै वर्तमान सरकारको नेतृत्वमा विकास निर्माण लगायत जनताको जीवनस्तर उकास्न कार्यमा प्रतिवद्ध रही कार्य गरिरहेको धारणा राख्नु भयो।
मुख्यमन्त्री राईले फ्लड लाइट सञ्चालनबाट यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालनमा सहता भै यस क्षेत्रको उद्योग,व्यापार र आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनु भयो।
सामाजिक विकास मन्त्री उषा कला राईले लाइट सञ्चालन बाट यस क्षेत्रको खुलकूदको सञ्चालनमा वृद्धि हुनुका साथै राष्ट्रिय एवं अन्तरास्ट्रिय प्रतियोगितामा प्रदेशका खेलाडीहरुको क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो।
उहाँले सङ्घीय र प्रदेश सरकार जनता प्रति समर्पित रहेको उदाहरण लाइट सञ्चालन बाट देखिएको छ भन्दै खेलकूदको माध्यमवाट समाजमा अनुशासन कायम गरि मानव सभ्यताको विकास गर्ने धारणा राख्नु भयो।
मन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले प्रदेश सरकारको रु पाँच करोड ४२ लाख लगानीमा फ्लड लाइट जडान गरिएको जानकारी दिनु भयो।
विसं २०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार बटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी रु चार करोड २९ लाखमा वि सं २०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो।
कोरोना सङ्क्रमण रोक्न नेपाल र भारतको सीमा बन्द,अन्य आवश्यक सामाग्री जडान,प्याराफिट मर्मत लगायतका कारण प्रदेश सरकारले समय सीमा थप गर्नुका साथै रु ८४ लाख थपेको हो।
बन्दाबन्दीको कारण भारत बाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ।
उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुल, नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउत,मन्त्रालयका पदाधिकारी,खेलकूद परिषदका पदाधिकारी,विराट गोल्ड कप आयोजक समिति सदस्यहरु,खेलाडीहरुको उपस्थिति रहेको थियो।
हवाईको होनोलुलुको एक अतिथि गृहमा गोली चले पछि अतिथगृह पूर्णबन्दी
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
प्रतिक्रिया