आइतबार, चैत २९ २०७७
काठमाडौं २०:३७
वासिङटन डिसी 10:52

डिसीमा दुई दाजुभाईलाई गोली हानी हत्या,सूचना दिनेलाई २५ हजार डलरको इनाम

इनेप्लिज २०७७ चैत २३ गते ११:१० मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा दुई दाजुभाईलाई गोली हानी हत्या गरिएको छ । प्रहरीले सूचना दिनेलाई २५ हजार डलरको इनामको घोषणा गरेको छ । गत शनिबार डिसीको दक्षिण पूर्वमा रातको समयमा उक्त घटना हुँदा दुई दाजुभाईको ज्यान गएको प्रहरीले बताएका छन् ।

गत शनिबार बेलभ्यु क्षेत्रमा करिव १०:१५ मिनेटमा भएको हो । प्रहरीका अनुसार दुई व्यक्तिलाई डिसीको आवासीय भवनको डेरिंगटन मार्गको छैठौ गल्लिमा गोली हानिएको थियो ।

दुई दाजुभाईको पहिचान भएको छ । मेरिल्याण्डको टेम्पल हिल बसोबास गर्ने दुइ दाजुभाईहरुमा २६ बर्षिय एनटुअन डेविस र २९ बर्षिय एन्थोनी डेविस रहेको प्रहरीले जानकारी दिएका छन ।

उक्त घटना पछि सूचना दिनेलाई २५ हजार डलरको इनामको घोषणा समेत गरिएको छ ।

श्रोत : डब्लुटिओपि

प्रतिक्रिया