कविता : नक्कली बाघ हो उ

राधेश्याम लेकाली २०७७ चैत २२ गते २३:५४ मा प्रकाशित

 

बाघ जस्तो “देखिने”
स्याल मात्र हो
उसले बाघले जस्तो
सातो खाने गरी गर्जिन
पटक्कै जानेको छैन ।

उसले बाघको जस्तै
बलशाली हुन
पटक्कै सक्दैन
उ त बिरालो हो
जो मात्र म्याउ गर्छ
जो मात्र मुसा मार्न
जानेको छ ।

खान नपाएपछि
दुध चोर्ने
बिरालो हो उ
आफ्नै बच्चा खाने
ढाडे हो उ
जुन घरमा बास हुन्छ उसको
त्यो घरको
विनाश निश्चित हुन्छ ।

राधेश्याम लेकाली

प्रतिक्रिया