मनाससको बिशाल बजारमा भएको गोलीकाण्डमा बाल्टिमोरका मानिसको मृत्यु ,अर्का व्यक्ति अस्पतालमा भर्ना
भर्जिनिया राज्यको मनाससको बिशाल बजारमा भएको गोलीकाण्डमा बाल्टिमोरका एक मानिसको मृत्यु भएको छ । गत शुक्रबार राती दोहोरो गोलि चलेको प्रिन्स विलियम काउन्टी प्रहरीले जनाएका छन ।
उक्त गोलीबारी हुँदा बाल्टिमोरका ३४ बर्षिय व्यक्तिको निधन र २२ बर्षिय मानिसलाई अस्पताल भर्ना गरिएको छ । मनाससको सडली ड्राइभ(मार्ग)स्थित मनासस मल (बिशाल बजार)मा राती ११ :१६ मिनेटमा गोली चलेको खबर प्रहरीले पाए पछि त्यहा पुगेका थिए ।
गत अप्रिल २ का दिन प्रहरीहरु त्यहा पुग्दा दुई जना मानिसहरु घाइते अवस्थामा पाइएका थिए । प्रहरीहरुले स्वयम स्वास्थ्यकर्मीहरु नआउन्जेल सम्म प्राथमिक उपचार गरेका थिए ।
प्रिन्स विलियम काउन्टी प्रहरीका अनुसार बाल्टिमोरका ३४ बर्षिय जहमर लाट्राभर्न ग्रेभ्स को चोटपटकको कारण निधन भएको जनाएका छन । त्यस्तै गरि २२ बर्षिय व्यक्तिको पनि पहिचान भएको छ भने उनको स्वास्थ्य सुधार भै रहेको प्रहरीले जनाएका छन् ।
उक्त घटना उनीहरुले रोकेको सवारी साधन अडान क्षेत्रमा भएको थियो जहाँ दुई जनालाई गोली हानिएको थियो । प्रिन्स विलियम काउन्टी विभागका मानव हत्या बिभागले यसको अनुसन्धान गरि रहेको छ । के कारणले उक्त घटना भएको हो भन्ने बारेमा सूचना दिन समेत आग्रह गरिएको छ ।
श्रोत : प्रिन्सविलियम टाइम्स डटकम
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया