आइतबार, चैत २९ २०७७
काठमाडौं २१:१५
वासिङटन डिसी 11:30

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह नियुक्त

इनेप्लिज २०७७ चैत २२ गते १०:११ मा प्रकाशित

काठमाडौं ।नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।

एशियन फुटबल महासंघ (एएफसी)ले आफ्नो आधिकारिक प्रतियोगिताका लागि राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा प्रो लाइसेन्स भएको अनिवार्य गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

एन्फाले अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरेको हो।आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन्।

यसअघि स्विडेनका प्रशिक्षक योहान कालिनले राजिनामा दिए पछि खालि रहेको मुख्य प्रशिक्षक पोष्टमा अब अब्दुल्लाहले सम्हाल्ने भएका छन्।कालिनले राजिनामा दिएपछि कार्यबाहक मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनले टिमलाई सम्हालेका थिए ।

प्रतिक्रिया