आइतबार, चैत २९ २०७७
काठमाडौं २१:४२
वासिङटन डिसी 11:57

भर्जिनिया आशबर्नका एक व्यक्ति कैयौ बाल यौन दुर्व्यवहारमा संलग्न भएकोमा पक्राउ

इनेप्लिज २०७७ चैत २२ गते ०:०१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको आशबर्नका एक व्यक्ति कैयौ बाल यौन दुर्व्यवहारमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको छ । उक्त आरोपित व्यक्तिले सन् २००९ देखि २०११ सम्म यौन दुर्ब्यबहार गरेकोले उनले धेरै आरोपको सामना गर्नु पर्ने प्रहरी सहायकले बताए ।

भर्जिनियाको लाउडन् काउन्टी शेरिफको कार्यालयका अनुसार ५७ वर्षीय लियोन ब्रेसर्टलाई यौन आक्रमण र बालिकाहरुलाई अभद्र व्यवहार गरेको आरोप लगाइएको छ।

उनि बिरुद्ध धेरै यौन दुर्व्यवहार प्राप्त गरेको विभागले जनाएको छ । अधिकारीहरूका अनुसार बालिकाले ब्रेसर्टलाई चिन्दथे । नाबालिग भएकोले पहिचानको रक्षा गर्न बच्चाको उमेर सार्वजनिक गरिएको छैन ।

अन्वेषकहरूले धेरै पीडितहरू भएको पुष्टि गरेका छन ।

श्रोत : एबिसी७ डटकम तस्बिर : लाउडन काउन्टी शेरिफ कार्यालय

प्रतिक्रिया