‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो ‘ सार्वजनिक भएको छ।समिरकै शब्द,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ”द नेक्ट”को दमदार नृत्य रहेको छ अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन्।
”द नेक्ट”को युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो।एस स्टडी वर्ल्डले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने एसका निर्देशक बिष्णु नेपालले जानकारी दिनु भयो। बिगत लामो समय देखि एस स्टडी वर्ल्डले अस्ट्रेलिया लगायत विश्वभर उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुलाई त्यहाको शिक्षा र अध्यागमन (इमिग्रेसन )सम्बन्धि यथार्थ जानकारी दिदै आइरहेको छ।
प्रतिक्रिया