गायिका रानी शाक्य र पुषोत्तम न्यौपानेको आवाजमा “सुहाउँदैन ओठमा हाँसो” सार्वजनिक

इनेप्लिज २०७७ चैत २१ गते ९:५१ मा प्रकाशित

काठमाण्डौं,

अमेरिकामा रहेर पनि नेपाली गायनमा सक्रिय गायिका रानी शाक्य र पुषोत्तम न्यौपानेको आवाजमा रहेको “सुहाउँदैन ओठमा हाँसो ” गीतको भिडियो सार्वजनिक भएको छ।

जीवनका विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ।प्रदिप सुवेदीको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत संयोजन गीतमा रहेको छ।जीवन भोगाईमा भेटिएका पिडा र रोदनलाई गीतमा समेटिएका कारण हर मानिसको मनमा गीत बस्न सफल हुनेमा आफु निकै आशावादी रहेको गायिका रानीले बताईन।

नवराज न्यौपानेको छायाँकन ,शक्ति प्रज्वल घिमिरेको निर्देशन भिडियोमा रहेको छ।”सुहाउँदैन ओठमा हाँसो” गीतको भिडियोमा कमल सिंह ,गीता ढुगाना , तेजेन्द्र गौत्तम र नवराज भटटराईको अभिनय रहेको छ।

“सुहाउँदैन ओठमा हाँसो “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया