निशाको स्वर, बिष्णुबाबुको शब्दमा ‘ओ प्रिया’ सार्वजनिक

इनेप्लिज २०७७ चैत २० गते २१:५८ मा प्रकाशित

गीतकार बिष्णुबाबु देवकोटाको शब्दमा रहेको यस प्रेमिल गीतलाई संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्।गीतमा स्वर गायिका निशा कंडेल र गायक अमन प्रधानको रहेको छ।गायक प्रधानकै बुवा राहुल प्रधानले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन्।तस्विरमा प्रेम सम्बन्धमा रहेका यो जोडीलाई तस्विर २ मा विवाह बन्धनमा बाधिएको देख्न सकिन्छ।उनीहरु बीचको प्रेम र रोमान्स हेर्न पुरा भिडियो हेर्न पर्ने हुन्छ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल ‘निशा कंडेल’ मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया