काठमाडौं,२० चैत्र।
गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनीक गरिएकोे छ।फिल्म निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडियोको शुक्रबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा बरिष्ट हाँस्य अभिनेता सन्तोष पन्तले प्रिमीयर गरेका हुन्।
पन्त फिल्म प्रोडक्शनको प्रस्तुति रहेको भिडियोमा अभिनेत्री बेनीशा हमाल फिचर छिन्।अमर रोकाको शब्द र संगीत रहेको भिडियो रोमन मानन्धरले खिचेका हुन् ।रबि सायमी डिओपी रहेको भिडियोमा ड्रोन सुरेश काफ्लेले अपरेट गरेका छन् ।कार्यक्रममा निर्देशक साकारले भिडियो सुन्दर बनाउन आफ्नो पूरै टिम खटिएको र गीतको भावअनुरुप लोकेशन छनौट गर्न धेरै मिहीनेत गरेको बताए।बरिष्ट अभिनेता पन्तले आफूलाई गीतसँगै भिडियो र लोकेशन निकै मन परेको बताए।
गायिका प्रकृतिले शब्दको सारअनुसार आफूले गाएको र सोहीअनुरुप भिडियो निर्माण भएकोमा खुशी ब्यक्त गरिन्।उनले आफू ब्याबसायिक गायिका भइनसकेको भए पनि दर्शक,स्रोताको प्रेरणाले गायनमा अघि बढ्न हौसला मिलेको बताइन्।अभिनेत्री बेनीशाले एउटै परिवारको सदस्यझै भएर मिहिनेतका साथ काम गरेको सुनाइन्।हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनीक गरिएको भिडियो धम्पुस आसपास खिचिएको हो।
हेर्नुस् भिडियो–
प्रतिक्रिया