मन्त्रीपरिषदको बैठकले गर्‍यो चुरे-मधेश संरक्षण विकास समितिका पदाधिकारी नियुक्त

इनेप्लिज २०७७ चैत २० गते ११:२३ मा प्रकाशित

काठमाडौं । सरकारले चुरे(मधेश संरक्षण विकास समितिका पदाधिकारी नियुक्त गरेको । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको हो । त्यस्तै सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।

बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए ।

प्रतिक्रिया