मदनकृष्णले भेटे ‘फुलबुट्टे सारी’ गाउने युगान्डाकी बियोन्स, पूरा भयो उनको सपना बियोन्स खुशीले यसरि रो,इन (भिडियो सहित)

इनेप्लिज २०७७ चैत २० गते ९:२६ मा प्रकाशित

केही साताअघि एकाएक नेपाली समाजमा चर्चामा आएकी थिइन्,युगान्डाकी गायिका दे क्वाप्टेन बियोन्स फमासी।उनले नेपाली गीतको कभर गरेकी थिइन् जुन नेपाली दर्शक तथा स्रोताले पनि निकै मन पराएका छन्।फुलबुट्टे सारीको कभर भिडियो उनले बनाएपछि नेपाली दर्शकले उनको प्रशंसा खुलेर गरेका थिए।गीतकार तथा संगीतकार राजनराज शिवाकोटीले आफ्नो गीत विदेशी कलाकारले मन पराएको भन्दै खुशी व्यक्तसमेत गरेका थिए।

अनि कलाकार मदनकृष्ण श्रेष्ठले वियोन्सको ठेगाना कहाँ होला भन्दै भेट्न चाहेको उल्लेख नै गरे ।यो गीतको लेजेन्डरी भर्सन गीत गाएका मदनकृष्णको उक्त इच्छा पुरा भएको छ।वियोन्सले मदनकृष्णलाई भेटेकी छिन्।मदनकृष्णसँगको भेटपछि वियोन्सले आफ्नो जिन्दगीको ठूलो सपना पुरा भएको बताएकी छिन्। मदनकृष्णसँगको भेटमा वियोन्सले खुशीका आँसु झारेकी छिन्।मदनकृष्णले पनि वियोन्सको खुलेर प्रशंसा गरे।उनले वियोन्सको गीत सुनेसँगै उनीसँग पूर्वजन्मको नाता भएको महसुस गरेको मदनकृष्णले बताएका छन् । भिडियो हेरौ

 

https://www.youtube.com/watch?v=J9YNmY03Biw&feature=emb_logo

प्रतिक्रिया