लक्ष्मण अधिकारीको पहिलो साहित्यिक कृति मर्फिन बजारमा

इनेप्लिज २०७७ चैत १९ गते २३:४४ मा प्रकाशित

करीव तीन दशकदेखि स्वास्थ्य क्षेत्रको खोजमूलक पत्रकारिता, पुस्तक लेखन र सम्पादनमा सक्रिय कथाकार लक्ष्मण अधिकारीको पहिलो साहित्यिक कृतिका रुपमा कथा सङ्ग्रह मर्फिन बजारमा आएको छ ।

एक्काइसवटा कथा सङ्ग्रहित यस सङ्ग्रहका सबै कथाहरू स्वास्थ्य विषयसँग मात्रै सम्वन्धित छन् । सम्भवतः नेपाली कथा साहित्यमा एउटै विषयमाथि लेखिएको सिङ्गो संग्रह यो पहिलो हो । सबै कथाहरू डाक्टर, नर्स, अस्पताल, विरामी, औषधी लगायत त्यो क्षेत्र सम्वन्धी विषयका वरिपरि घुमेका छन् ।

स्वास्थ्य जगतका विकृति, विसंगति, कमजोरी, बदमासी, दुर्बल तथा सवल पक्षहरूलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । त्यसैले यी कथा प्रत्येक बिरामीले, सम्भावित बिरामीले, प्रत्येक स्वास्थ्यकर्मीले, प्रत्येक स्वास्थ्य व्यवशायीले पढ्नैपर्ने खालका छन् ।

अनुसन्धानमूलक पत्रकारिता गरेका कथाकारले गहिरो अनुसन्धान गरेर नजिकबाट देखेका, भोगेका, तथ्यहरूमा आधारित रहेर लेखिएका यी कथाहरू स्वास्थ्य क्षेत्रका विविध विषयहरूलाई उद्घाटन गर्ने आधिकारिक कथा भन्न सकिन्छ ।

मञ्जरी प्रकाशनले प्रकाशित गरेको २२० पृष्ठको कथा संग्रह मर्फिन को मूल्य रु तीन सय पचास रहेको छ ।

प्रतिक्रिया