सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ’के लेखु शब्दमा’ सार्वजनिक
सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ’के लेखु शब्दमा’ सार्वजनिक भएको छ।सार्वजनिक गीतमा जंग बहादुर शाही र अमृत घोले लामाको शब्द रेको छ।आफ्नो प्रेमीकालाई माया भावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ।गीतमा आफ्नो प्रेमिका प्रतिको प्रेमभावलाई दर्शाईएको छ।गीतलाई अडियो झैँ आकर्षक रुपमा एजिएल इन्टरटेनमेन्टले तयार गरेको छ।
एजिएल प्रमुख अमृतले गीतको शब्द अनुरुपकै भिडियो तयार गरिएको बताए। ’गीतको शब्दलाई दृश्य मार्फत अनि प्रस्ट्याउने जमर्को गरेका छौं’उनले भने। गीतमा लोकप्रिय मोडल निराजन प्रधानसंग डेब्यु गर्ल आज्ञा करन्जीत फिचर्ड छिन।पछिल्लो समय नायक अनमोल केसीसंग फिल्म ’पारस’ मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीत हो।
गीतको सार्वजनिक भिडियोमा आज्ञासंग निराजनको प्रेमभावलाई दर्शाईएको छ।एकअर्का प्रतिको प्रेमलाई लिएर भिडियोलाई शान थापाले तयार गरेका हुन्। एजिएल इन्टरटेनमेन्टकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडीयोमा राजीव समरको कोरियोग्राफी,अर्जुन तिवारीको छायांकन,सुप्रिम पराजुलीको सम्पादन रहेको छ।भिडियोलाई एजिएल इन्टरटेनमेन्टका लागि अमृत घोले लामाले निर्माण गरेका हुन्।
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया