बाग्लुङ घटना :ग्याङ् फाईट हुँदा मान्छेलाई भिरबाट फालियो,अझै केही बेपत्ता (भिडियो)

इनेप्लिज २०७७ चैत १६ गते २१:४२ मा प्रकाशित


जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवा बीच झडप भएको थियो।स्थानीयले १५ जना व्यक्ति बेपत्ता रहेको र उनीहरु सबैको हताहती भएको आशंका गरेका हुन्।बेपत्ता भएकाहरु बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का युवा भएको बताइएको छ।

आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना सहभागी थिए।घटनामा नेपाली कांग्रेसका जिल्ला सदस्य ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइको शव फेला परेको छ।उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक इग्वाल हवारीले जानकारी दिए।वडाअध्यक्ष कृष्णबहादुर खत्रीका अनुसार गुल्मी,बागलुङ र प्युठानको सीमाना बल्देधुरीमा होली मनाउन गएका युवा बीच झडप भएको हो ।घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुन सक्ने स्थानीयवासीले बताएका छन्।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया