उत्तर भ्यानकुभरको पुस्तकालयमा छुरी प्रहार गर्दा १ महिलाको निधन र ६ जना घाइते

इनेप्लिज २०७७ चैत १५ गते १४:०४ मा प्रकाशित

 

क्यानडाको प्रान्त ब्रिटिश कोलम्बियाको उत्तर भ्यानकुभर शहरको एक पुस्तकालयमा छुरी प्रहार गर्दा १ महिलाको निधन र ६ जना घाइते भएका छन । प्रहरीहरुले संदिग्धलाई हिरासतमा लिएका छन भने उनको उद्धेश्यबारेमा काम गरि रहेको प्रहरीले जनाएका छन ।

उत्तर भ्यानकुभरको लिन भ्याली पुस्तकालयमा शनिबार बिहान सामूहिक रुपमा छुरा प्रहार हुँदा एक महिलाको मृत्यु हुनुको साथै ६ जनालाई अस्पताल भर्ना गरिएको छ ।

उत्तर भ्यानकुभर प्रहरीका अनुसार पुस्तकालयको भित्र र बाहिर विभिन्न ब्यक्तिआई आक्रमण गरिएको थियो । करिव २० बर्ष उमेरका आक्रमणकारीलाई थुनामा राखिएको छ ।

प्रहरीका अनुसार उक्त संदिग्धको पराधिक अभिलेख भएको जनाएका छन् । क्यानडाका प्रधान मन्त्रि जस्टिन ट्रुड्युले सामाजिक संजाल मार्फत पीडित र घाइतेलाई समबेदनाको साथै शिघ्र लाभको कामना गरेका छन ।

गत शनिबार करिव १:४६ मिनेटमा प्रहरीलाई खबर गरिएको थियो भने खबर पाए पछि ११ वटा एम्बुलेन्स (बिरामी वाहक बाहन ) त्यहाँ पुगेका थिए ।

श्रोत :भ्यानकुभर सन डटकम

प्रतिक्रिया